तपाईँ सुन्दै हुनुहुन्छः

मनहरी–१ मा नेपाली काँग्रेसको प्यानलै विजयी 

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका वडा अध्यक्ष विजयी हुनुभएको छ । 

वडा नम्बर १ मा नेपाली काँग्रेसका शिव प्रसाद खनाल १ हजार ९७ मत प्राप्त गरेर विजयी हुनु भएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भिमसेन अधिकारीले ३ सय ९० मत प्राप्त गर्नुभयो भने नेकपा एकीकृत समाजवादी र माओवादीको गठबन्धनले ३ सय १० मत प्राप्त गरेको छ । 

त्यस्तै, वड सदस्यहरूमा नेपाली काँग्रेसकै दिपक ढकाल, सानो कान्छा घलान, सेती माया तामाङ र सावित्री घिमिरे विजयी हुनुभएको छ । 

सो वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button