तपाईँ सुन्दै हुनुहुन्छः

सरकार समृद्ध नेपाल निर्माणको चरणमा : मन्त्री अर्याल

स्याङ्जा – नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार समृद्ध नेपाल निर्माणको चरणमा रहेको बताउनुभएको छ ।

मन्त्री अर्यालले आज वालिङमा निःशुल्क स्वास्थ्य शिविरको उद्दघाटन गर्दै मन्त्री अर्यालले सरकारले समृद्ध नेपालका आधारहरु तयार गरेको बताउनुभएको हो ।

मन्त्री अर्यालले सरकार समृद्धिका दिशामा अगाडि बढिरहेका बेला आम नागरिक स्वस्थ हुनु पर्ने भन्दै मन्त्री अर्यालले भन्नुभयो, “स्वास्थ्य नै धन हो स्वास्थ्य स्वस्थ राख्न हाम्रा जिवनशैली परिर्वतन गर्नुपर्छ ।” खानपान, जिवनशैली, चुलोचौकोसंग स्वास्थ्य जोडिएको भन्दै मन्त्री अर्यालले जिवनशैली परिर्वतन गरी परिर्वतित समयअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसरी घरगाउँमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी आर्थिक रुपमा कमजोर भएका र टाढा टाढा अस्पताल जान नसकेका नागरिकहरुलाई सेवा दिएको भन्दै वालिङ अस्पतालले निकै सकरात्मक कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, वडा न. १० का अध्यक्ष अनन्तराज गैह्रेलगायतले बोल्नुभएको थियो । वालिङ हस्पिटल प्रालिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र अर्याल र स्वागत हेमप्रसाद गैहेले गर्नुभएको थियो ।

हस्पिटल र अन्नपुर्ण चिल्डेन एण्ड ओमन्स हस्पिटलद्धारा आयोजित निःशुल्क शिविरमा बालरोग विशेषज्ञ डाक्टर शंकर पौडेल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सरिता गुरुङ्क र वरिष्ठ रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर प्रकाश गुरुङ्कको टोलीसहित डाक्टर सन्दिप चौलगाई, डा कविन गैह्रे, डा अन्जु अर्याल, डा सुनिता गुरुङ्कले शिविरमा सेवा दिनुभएको छ । शिविरमा स्याङ्जासहित पर्वत र पाल्पाका स्थानीयले सेवा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button