कञ्चनपुरमा मतदाता परिचयपत्र वितरण कार्य सुरु

कञ्चनपुर । कञ्चनपुरमा नयाँ मतदाता र पुरानो मतदाता परिचय पत्र हराएकाहरूलाई परिचय पत्र वितरण सुरु गरिएको छ ।
जिल्लाका ३ सय ४१ मतदान केन्द्रहरूमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरूले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराइ आवश्यक निर्णयहरू समेत गरिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्