तपाईँ सुन्दै हुनुहुन्छः

खर्च गर्न पाउने रकमको सीमा पालना गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा पालना गर्न आग्रह गरेको छ ।

file photo

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले निर्धारण गरेको हुनाले सो बमोजिम पालना गर्न आग्रह गरेको हो ।

राजपत्रमा सूचना प्रकाशन गरी निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र तोकिएको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button