गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले एकताबद्ध भएर गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पूर्वाग्रह नराखी गठबन्धनका उम्मेदवारहरूलाई आसन्न स्थानीय तहको निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भरतपुरकी मेयर रेणु दाहालले चितवनको विकासमा उल्लेख्य काम गरेकाले आगामी भरतपुर महानगरको नेतृत्वका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो ।
देशभरीकै पालिकामध्ये भरतपुर महानगरपालिकामा बेरुजु कम भएको, प्रत्येक गल्लीमा कालोपत्रे सडक बनेको भन्नुहुँदै प्रधानमन्त्री देउवाले रेणु दाहालले आगामी कार्यकालको नेतृत्व गरेमा स्मार्ट सिटी, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्