तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा निर्वाचन आचारसंहिता विपरीत राखिएका तुल, ब्यानर, झण्डा हटाइँदै

बीरगंज । निर्वाचन आचारसंहिता विपरीत वीरगंजमा राजनैतिक दलहरूले राखेका तुल, ब्यानर, झण्डा हटाउन आजबाट प्रहरीले विशेष अभियान सुरु गरेको छ ।

जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले दिएको निर्देशन अनुरूप निर्वाचन आचारसंहिता विपरीत बीरगंजमा राजनीतिक दलहरुबीच कसले बढी तुल, ब्यानर, झण्डा राख्न सक्ने भन्दै होडबाजी चलेपछि त्यसलाई नियन्त्रण गर्न सार्वजनिक स्थलमा राखिएका तुल, ब्यानर तथा विद्युत्को पोलमा झुण्डयाईएका झन्डाहरू सुरक्षाकर्मी खटाएर हटाउन सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

बीरगंजको घण्टाघर, माईस्थान, आदर्श नगर, घडिअर्वा पोखरी परिसर, बिर्ता, जेल चोक, रेल्वे रोड लगायतका स्थानहरूमा होडबाजीकै रुपमा दलहरूले सार्वजनिक स्थलमा तुल ब्यानर, झण्डा लगाउने क्रम बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी आचारसंहिता विपरीतका काम रोक्न लागिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button