प्रधानमन्त्री देउवा चितवनमा
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ ।
भोलि सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आउनुभएको हो । साथमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हुनुहुन्छ ।

भोलि हुने सभालाई प्रधानमन्त्री देउवाका साथै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेणु दाहाल प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । त्यस्तै उपप्रमुख पदमा नेपाली काँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बन्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्