काभ्रे दुर्घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काभ्रे दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धानका लागि छानबिन समिति बनाउन निर्देशन दिनुभएको हो ।
गृहमन्त्रीको निर्देशन लगत्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाउनुभएको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्