तपाईँ सुन्दै हुनुहुन्छः

लोडर दुर्घटना हुँदा थप एक चिनियाँ नागरिकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइते भएका ४ जना मध्ये थप एक जनाको मृत्यु भएको हो ।

तराई काठमाडौ द्रुत मार्ग (फास्ट ट्याक) अन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाख र लेनडाडाँ नजिक सोमबार साँझ भएको लोडर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा अरु ४ जना घाइते भएका थिए । घाइते चार मध्ये थप एक जनाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फास्ट ट्र्याकमा काम गरिरहेको लोडर एक्कासि सिमात खोल किनारमा खसेर दुर्घटना भएको थियो । लोडरमा १ नेपालीसहित ५ जना चिनिया नागरिक रहेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण खड्का पुगेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते हुने एकजना नेपाली र मृतक तीनसहित अन्य दुई घाइते चिनिया नागरिक रहेको कार्कीले बताउनुभयो । मृतक र घाइतेको पहिचान हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button