प्रधानमन्त्री र सभामुखबिच बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
तस्वीरः गोरखापत्र अनलाइन








प्रतिक्रिया राख्नुहोस्