सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरी उम्मेदवारी दिने सहमति विपरीत स्थानीय तहमा केही नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि आगामी रणनीति के हुने भन्ने बारे छलफल गर्न बैठक बसेको हो ।
बैठकमा सबै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्