आचारसंहिता विपरीत राखिएका झन्डा हटाइए
बर्दिबास । धनुषाको ढल्केवरमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा झुन्ड्याइएका राजनीतिक दलका झन्डा हटाइएको छ ।

शनिबार मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले सशस्त्र, जनपद र म्यादी प्रहरीसँग समन्वय गरी ढल्केवर स्थित शहीद पार्कमा झुन्ड्याइएका विभिन्न राजनीतिक दलका झन्डा हटाएको हो ।
निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा राखिएका झन्डाहरू हटाइएको निर्वाचन अधिकृत दीपक धितालले बताउनुभयो ।
निर्वाचन अधिकृत धितालले विद्यालय, मन्दिर लगायत सार्वजनिक स्थानमा पार्टीको झन्डा राख्न नपाइने बताउनुभयो ।
पार्कमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत राजनीतिक दलका चुनाव चिन्ह अङ्कित झन्डा झुन्ड्याइएका थियो ।








प्रतिक्रिया राख्नुहोस्