तपाईँ सुन्दै हुनुहुन्छः

झ्यालबाट लडेर एक जनाको मृत्यु

सल्यान । सल्यानमा झ्यालबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ तल्लोपारेकी ५५ वर्षीया चूडा घर्तीको शुक्रवार राती गोठमा बाख्रा बाँध्न जाने क्रममा झ्यालबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिबार बिहान झ्यालबाट लडेर मृत्यु भएको भनी श्रीमान् रुद्र घर्तीले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button