तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा ११४ जनाको उम्मेदवारी फिर्ता 

रोल्पा । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोल्पामा उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् । 

शुक्रवार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन नगरप्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

दश वटा स्थानीय तहमध्ये रोल्पा नगरपालिकाबाट १ जना नगरप्रमुख र २ जना उपप्रमुखले उम्मेदवारी फिर्ता लिएका छन् भने १६ जना गाउँपालिका अध्यक्ष र ११ जना उपाध्यक्षले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

त्यस्तै ७२ वडा रहेको रोल्पामा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिनेहरू स्वतन्त्र ,एमाले ,काङ्ग्रेस ,माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो, राप्रपा पार्टीमा आबद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button