तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ  ।

पार्टी कार्यालय बबरमहल, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थानीय तह निर्वाचन ,२०७९ घोषणापत्र सार्वजनिक गर्नुभयो ।

घोषणापत्रमा लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण र पार्टीको आगामी योजना उल्लेख गरिएको छ ।

घोषणापत्रमा वृद्ध भत्ता र महिला भत्ता वृद्धि गर्ने, बेरोजगार भत्ता, औषधी उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्था गर्ने लगायतका कुरा उल्लेख छ ।

यस्तै, श्रमिकका लागि पेन्सनको सुनिश्चितता गर्ने, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने लगायतका एजेण्डाहरु पनि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको घोषणापत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button