गीतकार खतिवडाको गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका जोर सितारा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको मन छुने ‘आमा’ गीत सार्वजनिक भएको छ ।
‘आमा’को गीत निर्मल दियाली युट्युब च्यानलबाट बुधवार सार्वजनिक भएको हो ।
‘आमा’ गीतका गीतकार इलामेली स्रष्टा लीला खतिवडा हुनुहुन्छ । गीतलाई इलामकै अर्का नव उदयमान सङ्गीतकर्मी निर्मल दियालीले सङ्गीत दिनुभएको छ भने सङ्गीत संयोजन वरिष्ठ बाध्य वादक तथा सङ्गीत संयोजक गोपाल रसाइलीले गर्नुभएको छ ।
गीतकार खतिवडाले केही वर्षअघि ‘बाचेकै छ’ बोलको गीत दर्शकसमक्ष ल्याउनुभएको थियो। यो ‘आम’ बोलको गीत उहाँको निरन्तर सृजनशीलताको अर्को दस्ताबेज हो।








प्रतिक्रिया राख्नुहोस्