अस्पतालको ५ औँ तलाबाट हाम फाल्दा एक व्यक्तिको मृत्यु
पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औँ तलाबाट हाम फालेका एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गङ्गा बहादुर सोमईको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो ।
उनलाई थप उपचारका लागि आफन्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए । उपचारका क्रममा सोमईले अस्पतालको ५ औँ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कलेजको ५ औँ तलाबाट हाम फालेका सोमइको घटनास्थलमै मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्