तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकर्तासँग छलफल र भेटघाट गर्न गृहमन्त्री खाण चितवनमा

चितवन । गृहमन्त्री बालकृष्ण खाण चितवनका नेता तथा कार्यकर्तासँग छलफल र भेटघाट गर्न चितवन आइपुग्नुभएको छ ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले आफूलाई चितवनका नेता, कार्यकर्ता तथा मतदाताप्रति पूर्ण विश्वास रहेको बताउनुभयो । ‘मलाई विश्वास छ , उहाँहरूले गठबन्धन विरुद्ध दिएको उम्मेदवारी फिर्ता गर्नुहुनेछ । गठबन्धनलाई समर्थन गर्नुहुनेछ ।’ उहाँले भन्नुभयो ।

आफूभन्दा पनि कतिपय अग्रज नेता, कार्यकर्ता चितवनमा रहेको भन्दै उहाँहरूले आफ्नो उम्मेदवारी फिर्ता लिने कुरामा आफू ढुक्क रहेको मन्त्री खाणले बताउनुभयो ।

वैशाख १६ गतेसम्म मनोनयन फिर्ता गर्ने समय रहेकोले असन्तुष्ट पक्षले दिएको मेयरको उम्मेदवारी फिर्ता हुनेमा आफू आश्वस्त रहेको मन्त्री खाणको भनाई छ ।

गठबन्धन विरुद्ध काँग्रेसको असन्तुष्ट पक्षले मेयर पदमा जगन्नाथ पौडेललाई उम्मेदवार उठाएपछि यसको विवाद मिलाउन खाण चितवन आइपुग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button