कैलालीमा ३ हजार ३७४ जनाको उम्मेदवारी दर्ता
टीकापुर कैलाली । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा ३ हजार, ३७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कार्यालय कैलालीका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा प्रमुख पदमा १ सय ९ जना र उप–प्रमुख पदमा ९० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१ सय २६ वडाध्यक्षका लागि ७ सय ८५, १ सय २६ महिला सदस्यका लागि ६ सय १४ र १ सय २६ दलित महिला सदस्यका लागि ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
२ सय ५२ खुल्ला सदस्यका लागि भने १ हजार २ सय ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
कैलालीमा प्रमुख पदमा सबैभन्दा बढी लम्की चुहा नगरपालिकामा १७ जना र सबैभन्दा कम चुरे गाउँपालिकामा ४ जनाले उम्मेदवारी दिएका पनि प्रमुख भट्टले बताउनुभयो ।
कैलाली जिल्लामा ५ लाख, २५ हजार, १२५ जना मतदाता रहेका छन् । जसमा महिला २ लाख, ६९ हजार १० जना र पुरुष २ लाख, ५६ हजार १ सय ४ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्