तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा दुई हजार एक सय १४ जनाको मनोनयन दर्ता

सिन्धुपाल्चोक । स्थानीय निर्वाचनका लागि सिन्धुपाल्चोकमा दुई हजार एक सय १४ जनाले मनोनयन दर्ता गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय निर्वाचनका दुई हजार एक सय १४ को उम्मेदवारी परेको हो । २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये काँग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

अध्यक्ष/प्रमुखका ९६ जना तथा उपप्रमुख/उपाध्यक्ष मा ६९ को मनोनयन परेको छ । एक सय तीन वडामा चार सय ८४ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ । दुई सय ६ खुला सदस्य चाहिनेमा सात सय ७४ ले मनोनयन दर्ता गराएका छन् । महिला र दलित महिला सदस्यमा तीन सय ६४ र तीन सय २७ प्रतिस्पर्धामा होमिएका छन् ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button