तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति र फ्रान्सेली राजदूतबिच भेटघाट

काठमाडौँ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र फ्रान्सका महामहिम राजदूत His Excellency Gilles Bourbao बिच जङ्गी अड्डामा भेटघाट भएको छ ।

भेटघाटमा फ्रान्सेली सेनाका Brigadier General Geoffroy de Larouzière लगायत अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबिच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button