तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको मेयरमा २९ जनाको उम्मेदवारी

कास्की । पोखरा महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा ९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन कार्यालयमा आइतबार र सोमबार गरेर प्रमुखमा २९ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयो ।

उम्मेदवारीहरूको नाम लिस्ट प्रमुखमा कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य गठबन्धन (नेकपा एस ), शङ्कर खराल (राप्रपा), गोविन्द गुरुङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरुङ (मङ्गोल नेसनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरुष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), खडकराज पौडेल (गणेश), विमलबहादुर कार्की, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनिलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) ले उम्मेदवारी दिएका छन् ।

उपप्रमुख मञ्जु देवी गुरुङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मङ्गोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरुङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र) रहेको पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button