सुनसरीमा विभिन्न पार्टीका उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराए

सुनसरी । सुनसरीमा विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् ।
इनरुवामा काँग्रेस सभापति केदार भण्डारीले हालका नगर प्रमुख राजन मेहताको प्रस्तावक र सङ्घीय सांसद नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति इनरुवा नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पार्टीको निर्णय अनुसार हालका नगर प्रमुख राजन मेहताको प्रस्तावक र सङ्घीय सांसद तथा पूर्व राज्य मन्त्री सिताराम मेहताको समर्थनमा जिल्ला सभापति केदार भण्डारीले इनरुवा नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इनरुवा नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको र जित्ने समेत दाबी भण्डारीले गर्नुभएको छ । मनोनयन दर्ता गरेपछि नगर प्रमुखका उम्मेदवार तथा जिल्ला सभापति भण्डारीले इनरुवा नगरपालिकाको नगर प्रमुख सहित उपप्रमुख र १० वटै वडामा काँग्रेसले जित्ने दाबी गर्नुभयो ।
उहाँले जिल्लाभरि नै पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको र केही ठाउँमा साथीहरूले स्वतन्त्र भएर पनि उम्मेदवार बनेको खबर आएकाले त्यसमा समन्वय, संवाद र छलफल गरेर मिलाउने प्रतिक्रिया दिनुभयो ।
यसैबीच इनरुवा नगरपालिकाको उपप्रमुखका लागि काँग्रेसबाट विनीता कुमारी मेहताको मनोनयन दर्ता भएको छ । इनरुवामा काँग्रेसले वडा नम्बर १ बाट वडा अध्यक्षमा प्रमोद पोखरेल, वडा नम्बर २ बाट वडा अध्यक्षमा रन्जेश भट्टराई, वडा नम्बर ३ बाट वडा अध्यक्षमा रोशन खड्का, वडा नम्बर ४ बाट वडा अध्यक्षमा जितेन्द्र यादव, वडा नम्बर ५ बाट वडा अध्यक्षमा अनिल पोखरेल, वडा नम्बर ८ बाट वडा अध्यक्षमा रवीन्द्र मण्डल, वडा नम्बर ९ बाट वडा अध्यक्षमा कृष्णदेव मेहता, वडा नम्बर १० बाट वडा अध्यक्षमा मो. खलिल मियाँको मनोनयन दर्ता गराएको छ ।

उता फरक प्रसङ्गमा नेकपा एमाले इनरुवा ५ नम्बर वडा कमिटीका अध्यक्ष सहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । इनरुवा ५ नम्बर वडामा अध्यक्ष बनाउने विषयमा असन्तुष्ट पक्षहरूले सामूहिक राजीनामा दिएका हुन् । आफ्नो वडा कमिटीको सिफारिस र जनभावना विपरीतका उम्मेदवार बनाएकोमा आपत्ति जनाउँदै नेकपा एमाले इनरुवा ५ वडा कमिटीका अध्यक्ष विनोद सुवेदी सहित ३५ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको वडा कमिटीबाट उपाध्यक्ष उत्तरकुमार पोखरेल, सचिव सन्तोष पोखरेल, रन्जु पोखरेल, वडा इन्चार्ज, सह इन्चार्ज सहितले आइतबार राती पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको दुई दिनपछि नै सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमालेको प्रभाव रहेको वडामा कार्यकर्ताको भावना बीचमा भुईँचालो ल्याएको नेता कार्यकर्ताको आरोप छ ।
जिल्ला पार्टीले वडाका भावनालाई कदर नगरेको र टिके प्रथा जस्तो गोपी ढकाललाई वडा अध्यक्षको टिकट दिएकाले सयौँ नेता कार्यकर्ताहरू असन्तुष्ट भएका आशाराम चौधरीले बताउनुभयो । हालै आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै इनरुवा नगर कमिटी एमालेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो । उता एमालेका इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदवार गोपी ढकालले भने सबैलाई मिलाउने र मिलाएर लाने प्रयास गर्ने प्रतिक्रिया दिनुभयो ।
इनरुवामा पाँच दलका प्रमुख उम्मेदवारी दर्ता
सुनसरीको इनरुवा नगरपालिकामा प्रमुख राजनीतिक दलहरू नेपाली काग्रेंसबाट प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनीता कुमारी मेहता, नेकपा एमालेबाट प्रमुखमा सरोज पोखरेल, उपप्रमुखमा सहजादी प्रवीण, जनता समाजवादी पार्टीबाट दिलिपचन्द साहु, उपप्रमुखमा सरिता यादव, नेकपा एसबाट नगर प्रमुखमा तीर्थ अधिकारी, नेकपा माओवादी केन्द्रबाट विमला पोखरेल र उपप्रमुखमा ओके दाहाल सहितको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका १२ वटै तहका प्रमुख तथा अध्यक्षहरूको उम्मेदवारी दर्ता
सुनसरीमा नेपाली काँग्रेसले इनरुवामा प्रमुखका लागि केदार भण्डारी, रामधुनीमा सुदिप अधिकारी, इटहरीमा हेमकर्ण पौडेल, धरानमा किशोर राई, दुहबीमा वेदनारायण गच्छदार, वराहक्षेत्रमा रमेश कार्की, हरिनगरमा गफार अन्सारी, कोशीमा ऐयुब अन्सारी, भोक्राहा–नरसिंहमा अजमल आजाद अन्सारी, देवानगंजमा श्यामलाल मेहता, गढीमा र बर्जुमा रघुनन्दन चौधरीको मनोनयन दर्ता गराएको जनाएको छ ।
हरिनगर गाउँपालिकामा अध्यक्षका लागि नेपाली काग्रेंसबाट गफार अंसारी, नेकपा एमालेबाट लस्करी अंसारी, जनता समाजवादी पार्टीबाट धर्मवीर आर्य, नेकपा माओवादी केन्द्रबाट दिल मोहमदको मनोनयन दर्ता भएको छ ।
उता कोशी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेंसबाट ऐयुव अंसारी, नेकपा एमालेबाट अजय कुसियैत, जनता समाजवादी पार्टीबाट देवकृष्ण यादव(गोवर्धन), नेकपा एसबाट रामचन्द्र मटियैत, नेकपा माओवादी केन्द्रबाट तुलसी यादव सहितको मनोनयन दर्ता भएको छ । यहाँका १ देखी ८ नम्बर वडामा नेपाली काग्रेंसबाट क्रममा १ मा निर्मल मण्डल, २ मा ध्यानी उराँव, ३ मा सुलेमान मंसुरी, ४ मा तजमुल मियाँ, ५ मा शाह जमाल, ६ मा जयशंकर खड्का, ७ मा रामचन्द्र कोईरी मेहता, ८ मा बलराम क्षेत्रीको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालिकाको अध्यक्षको लागि अजय कुशियैत र उपाध्यक्षमा अनिता उराँवले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट कोशी १ नम्बर वडाध्यक्षमा रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह, ३ नम्बर वडामा श्यामसुन्दर सिंह, ४ नम्बर वडामा इसराइल मन्सुरी, ५ नम्बर वडामा इस्माइल मियाँ, ६ नम्बर वडामा इन्द्रदेव यादव, ७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैत यस पटक सशक्त उम्मेदवारका रूपमा देखिएका छन् ।
दुहवीमा गठबन्धन हुन नसकेपछि नेकपा एमाले र जसपा बीच गठबन्धन भएको छ । यहाँबाट दुहबीका मेयरमा एमालेका विनय पोखरेल र जसपाबाट उपमेयरमा सरोज सिंहको मनोनयन दर्ता भएको छ ।
नेपाली काग्रेंसबाट वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका खतिवडाले मनोनयन दर्ता भएको हो । एमाले र जसपा गठबन्धनबाट दुहबी नगरका वडा अध्यक्षहरूमा १ मा अजुल हुसैन, २ मा इस्राफिल मियाँ, माधव भण्डारी, ४ मा राजन बस्नेत, ५ मा तेज नारायण रौनीयार, ६ मा बिरेन हलुवाई, ७ मा भिम चौधरी, ८ मा अमित राई, ९ मा ताज मियाँ( मुस्तकिम) , १० मा शंकर चौधरी, ११ मा खड्ग उराँव र १२ मा रामचन्द्र चौधरीको मनोनयन दर्ता भएको छ ।
इनरुवा ९ मा नेपाली काग्रेंसबाट मेहता, १० मियाँ वडा अध्यक्षको उम्मेदवार
इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र १० नम्बर वडा अध्यक्षमा मोहम्मद खलिल अख्खतरले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र सदस्यहरूमा मनोज कुमार यादव, रामसुन्दर साह, कुस्मी खत्वे र देवकी नेपालको मनोनयन दर्ता भएको छ । इनरुवा १० नम्बर वडा अध्यक्षमा मोहम्मद खलिल अख्खतर र सदस्यहरूमा वसन्त सरदार, तैयब हुसेन, मिरा सरदार र सुमित्रा ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ ।
उता जनता समाजवादी पार्टीबाट इनरुवा नगरपालिका वडा नम्बर ९ वडा अध्यक्षमा सत्य नारायण मण्डल, सदस्यमा दिपनारायण मेहता, प्रेमलाल उराँव, पावर्ती खत्वे र विना चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।
बर्जु गाउँपालिककाको अध्यक्षमा नेपाली काँग्रेसबाट रधुनन्दन चौधरीले मनोनयन दर्ता गराएका छन् ।
चौधरीले दोस्रो कार्यकालका लागि पुन उम्मेदवारी दिएका हुन् । उपाध्यक्षमा सङ्गीता कुमारी रायले पनि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कृष्ण पौडेलले जानकारी दिएका छन् ।
यस्तै नेपाली काँग्रेसबाट बर्जु १ को वडा अध्यक्षमा मनोज गच्छदारले उम्मेदवारी दिएका छन् भने २ मा आनन्द यादव,३ मा विनोद गुरुङ, ४ मा सम्पतलाल चौधरी ५ किशोर चौधरी र ६ नम्बर वडामा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्