तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका ९ वटै पालिकामा २ हजार २ सय ८४ जनाको उम्मेदवारी दर्ता

File Photo

कञ्चनपुर । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि कञ्चनपुरका ९ वटै पालिकाहरू विभिन्न पदका लागि २ हजार २ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

जिल्लाका ९ वटै पालिकाहरू मध्ये सबैभन्दा बढी भिमदत्त नगरपालिकामा १४ जना, वेदकोट नगरपालिकामा ११, दोधाराचांदनी र शुक्लाफाँटामा ८/८, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकामा ७/७ जनाले नगर प्रमुखमा र लालझाडी र बेल्डाडी गाउँपालिका अध्यक्षमा ६/६  गरी जम्मा ७३ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरी उप प्रमुखमा सबै भन्दा बढी भीमदत्त नगरपालिकामा ११ जना र सबैभन्दा कम लालझाडी गाउँपालिकामा ४ जना गरी जम्मा ५६ जनाले उपप्रमुख र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

त्यसै गरी वडाध्यक्षमा ६०४ जना, महिला सदस्यमा ३९१ जना , दलित महिला सदस्यमा ३५७ र खुला सदस्यमा ८०३ जना गरी कुल २ हजार २ सय ८४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताउनु भएको छ । 

उम्मेदवारहरूको नामावली दाबी विरोधका लागी प्रत्येक निर्वाचन अधिकृतको कार्यालयहरूमा टाँस लगाइएको समेत जनाउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button