इन्द्रसरोवर गाउँपालिकामा दुई जना वडा सदस्यमा निर्विरोध
मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराउनुभएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाईं, र सोही गाउँपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित हुनुभएको भएको बताइएको छ ।ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्