सत्ता गठबन्धनसँग एमालेको विरोध गर्ने कुनै राजनैतिक आधार छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका तत्कालीन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको २३ औ स्मृति दिवस आज मनाइँदै छ ।
यस अवसरमा ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा रहेको स्वर्गीय अधिकारीको सालिकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गर्नुभयो ।त्यहाँ आयोजित समारोहमा अध्यक्ष ओलीले सत्ता गठबन्धनको कुनै राजनैतिक आधार नभएकोले गठबन्धनले एमालेको मात्र विरोध गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले, आफ्ना विपक्षी दलहरूसँग विकासका कुनै ठोस एजेण्डा नभएकोले नै एमाले नेतृत्वको सरकारले गरेका विकासको विरोध गरिरहेको बताउनुभयो ।अध्यक्ष ओलीले सत्ता गठबन्धनका दलहरूले जारी गरेको चुनावी घोषणा पत्र गालीको पुलिन्दा मात्र भएको पनि आरोप लगाउनुभयो ।
२०५६ साल वैशाख १३ गते चुनावी प्रचारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघात भएर स्वर्गीय अधिकारीको निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्