तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा सुनछहरी–१ मा महिला सदस्य राना निर्विरोध निर्वाचित

रोल्पा । यहीँ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट सुनछहरी गाउँपालिका–१ मा महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकी बाना राना निर्विरोध निर्वाचित हुनुभएको छ ।

तोकिएको दिन र समयमा अन्य कुनै पनि दलबाट उक्त महिला सदस्य पदमा उम्मेदवारी नपरेपछि राना निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button