नेपाली काङ्ग्रेसको दुहबी नगरपालिकामा उम्मेदवारी दर्ता
सुनसरी । सुनसरीको दुहबी नगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेस दुहबी नगर सभापती बेद गच्छदारले उम्मेदबारी मनोनयन दर्ता गराउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यलय दुहबिमा दर्ता नम्बर १४६ मा उनले आज मेयर पदको लागि मनोनयन दर्ता गर्नुभएको हो ।

उपमेयरका लागि मेनुका खतिवडा, वडा नम्बर ४ अध्यक्षका लागि मुस्तकिम मिया, ५ मा लागि रमेश रौनियार, ६ मा घनश्याम हलुवाइ, ७ मा बिजय चौधरी, ८ मा तारिक सरदार, ९ मा मेहेदी हुसैन, १० मा तुलाराम माझी, २ मा अरबिन्द बिस्वास, १ मा जाकिर हुसैन, ३ मा श्रावण बिस्वास, ११ मा प्रताप चन्द बिस्वास र १२ मा खुसिलाल माझिले काङ्ग्रेसको तर्फबाट उम्मेदबारी दर्ता गराएको मतदान अधिकृत षड् कुमार पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्