तपाईँ सुन्दै हुनुहुन्छः

सानेपा क्लबको दोस्रो जित

काठमाडौँ । सानेपा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा सोमबार पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले हराउँदै सानेपाले दोस्रो जित निकालेको हो । सानेपाको जितमा दुवै गोल खेमराज तामाङले गरे ।

जितसँगै सानेपाले २ खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेल सानेपाले ओसिसलाई हराएको थियो । पुल्चोकको यो लगातार दोस्रो हार हो ।

अर्को खेलमा मनोहरा युनाईटेड क्लबले स्वयम्भू क्लबसँग बराबरी खेलेको छ । मनोहराले स्वयम्भूसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनले गोल गर्दै स्वयम्भूलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८४ औँ मिनेटमा सुजन बलम्पाकी मगरले गोल गर्दै मनोहरालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै मनोहराले २ खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेल मनोहराले वीरगन्जलाई हराएको थियो । स्वयम्भूले २ खेलमा १ अङ्क जोडेको छ ।

‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेसनमा पर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button