तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारमाथि कार्यकर्ताद्वारा हातपात

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवारमाथि हातपात भएको छ । 

सोमवार बिहान गौशालामा नेकपा एमालेले मेयरमा अजय कुमार कुशवाहालाई टुङ्गो लगाएपछि मेयरका आकाङ्क्षी रामऔतार महासेठले मेयरमा टिकट नपाएपछि वडा नं. ४ को वडाध्यक्षमा टिकट माग गर्दै आफ्ना समर्थक सहित कुशवाहाको घर घेराउ गरेका थिए  ।

सोमवार बिहानैदेखि घेराउमा परेका कुशवाहालाई समर्थहरूले दिउँसो उम्मेदवारी मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मेयरका आकाङ्क्षी महासेठका छोरा देवेन्द्र महासेठसहितले हातपात गरेका थिए ।

यता, निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले कुशवाहालाई उद्धार गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button