रेफ्री सङ्घको अध्यक्षमा गुरुङ निर्वाचित
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को रेफ्री सङ्घको अध्यक्षमा बुद्धिबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको साधारण सभाबाट गुरुङ निर्विरोध अध्यक्ष चुनिनुभएको हो ।
सङ्घको उपाध्यक्षमा श्रीराम रञ्जितकार, विनोद केसी र मधु सुदन खनाल निर्वाचित हुनुभएको छ । यस्तै सङ्घको सदस्यमा नौ जना चुनिनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदै छ । केन्द्रिय निर्वाचन अघि रेफ्री सङ्घको निर्वाचन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्