धनगढीको मेयरमा काँग्रेसका बड र एमालेका चन्दको उम्मेदवारी दर्ता
धनगढी । कैलाली स्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका नृप वडले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धन दलबाट वडले उपमहानगरको मेयरमा उम्मेदवारी दिनुभएको हो ।
यसैगरी नेकपा एमालेका रणबहादुर चन्दले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपमेयरमा नेकपा एमालेका कन्दकला राना थारु र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी क्षेत्रीले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैबिच एमाले, काँग्रेस, माओवादी केन्द्रले उपमहानगरको वडा अध्यक्षमा पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यस अघि दलहरू बाजा गाजा सहित उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
कैलालीमा सत्ता गठबन्धन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच चुनावी तालमेल भएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा धनगढी उपमहानगर सहित ७ पालिका काँग्रेस, माओवादी ४ र एकीकृत समाजवादीले २ पालिका लिने सहमति भएको काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्