तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा हमाल काँग्रेसका आधिकारिक उम्मेदवार

बर्दिबास । महोत्तरीको बर्दिबासमा नेपाली काँग्रेस उम्मेदवारका दुई आकाङ्क्षीले पाएको टिकटको विवादलाई काँग्रेसले चिरञ्जीवी हमाल आधिकारिक भएको पुष्टि गरेको छ ।

सोमवार बिहान पार्टीको टिकट देखाउँदै एकै समयमा दुवै उम्मेदवार मनोनयन दर्ताको लागी निर्वाचन कार्यालय बर्दिबासमा पुग्नुभएको थियो ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि दुवै जना फर्कनुभएको थियो ।

“हामीले आधिकारिकता पुष्टि गर्न नेपाली काँग्रेसलाई पत्राचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।

यता, टिकटको आधिकारिकता नपाएपछि नेता प्रह्लाद क्षेत्रीले स्वतन्त्र उम्मेदवार दिने तयारी गर्नुभएको छ । अन्तिम समयमा आएर टिकट खोसिएको भन्दै नेता क्षेत्रीले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गर्नुभएको निकट नेताहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button