भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
दुई दलबीच भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिनुभयो ।
सहमति अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४, ११, १६, १९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत् प्रतिस्पर्धा हुने एमालेले जनाएको छ । बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य वडामा उम्मेदवार रहनेछन् ।








प्रतिक्रिया राख्नुहोस्