तपाईँ सुन्दै हुनुहुन्छः

इजाजत प्राप्त हतियार दुई जनाले बुझाए

काभ्रेपलाञ्चोक । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार  आज दुई जनाले हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए पश्चात् पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेकोमा दुई जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

जिल्लामा दुई वटा इजाजत प्राप्त हतियार रहेको र दुवै हतियार प्रहरीले बुझिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

“हामीले इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरेका थियौ” उहाँले  भन्नुभयो, “उहाँहरूले जिल्ला प्रहरी कार्यालयमा आए हतियार बुझाउनुभयो ।” 

हतियारहरू प्रहरी चौकी ढुङखर्कमा र जिल्ला प्रहरी कार्यालय काभ्रेमा आएर हतियार बुझाउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button