मधेस प्रदेशका ७ जिल्ला कोरोना सङ्क्रमणमुक्त
जनकपुरधाम । मधेस प्रदेशका ७ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने जिल्लामा सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

अहिले त्यी ७ जिल्लामा कोरोनाका कुनै पनि सक्रिय संक्रमित नभएको मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ३० वटा स्वाबको पी सी आर परीक्षण गर्दा एक जनामा पनि कोरोनाको संक्रमण फेला नपरेको निर्देशनालयले जनाएको छ ।
यसैगरी, नेपाल भारतको सीमा नाकामा रहेको कोरोना हेल्प डेस्कमा परीक्षणको दायरा बढाइएको छ । जस अनुसार पर्साको वीरगन्ज नाकामा १ सय ११, महोत्तरीको भिठामोडमा ३९ र सिराहा जिल्लाको माडरमा भारतबाट आएका नेपाली तथा भारतीय नागरिकको एन्टिजेन परीक्षण गर्दा कुनै व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छैन ।
मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अव मधेस प्रदेशको धनुषा जिल्लामा मात्र ३ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका उपचार गराई रहनुभएको छ ।
मधेस प्रदेशमा संक्रमित भएकामध्ये ९७.४३ प्रतिशत सङ्क्रमणमुक्त भएको छन् ।
भारतमा पुनः कोरोनाको संक्रमण बढ्न थालेकाले सीमानामा एन्टिजेन परीक्षणमा कडाइ गरिएको छ । भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा पुनः सतर्कता अपनाउन थालिएको छ ।








प्रतिक्रिया राख्नुहोस्