करेन्ट लागेर एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा विवाहको टेन्ट खोल्ने क्रममा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका ६ खुदिबखारीका ३० वर्षीय शत्रुधन मण्डल रहेका छन ।
छिन्नमस्ता ३ सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर मण्डल सख्त घाइते भएका थिए ।घाइते मण्डलको उपचारको क्रममा छिन्नमस्ता अस्पतालमा मृत्यु भएको स्थानीय कृष्ण मण्डलले जानकारी दिनुभयो ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टम पश्चात् दाहसंस्कारको लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्