तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले आज निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवशर पारी नेकपा एमालेले आज स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ ।

७४ औं स्थापना दिवस नमाउनका लागि आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखेको छ ।

तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरिएको हो । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गगर्नुहुृनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button