तपाईँ सुन्दै हुनुहुन्छः

अफगान मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ८० भन्दा बढी घाइते भएको पुष्टि

काबुल। उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार एक शिया मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको र ८०भन्दा बढी घाइते भएका स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी अपगान सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमण इस्लामिक स्टेट समूहले आफ्ना लडाकूले गरेको दावी गरेको छ ।

यस पहिले प्राप्त सूचनामा उक्त समूहले आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको बताएको थियो भने अफगानिस्तानको सरकारी अधिकारीहरूले घटनामा पाँचको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button