तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार

काठमाडौँ ।सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ९ गते शुक्रवार (आज ) बस्ने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक आज आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार काँग्रेसले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button