तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा बेपत्ता दुवै बालकको शव फेला

अछाम । अछाममा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता दुवै बालकको शव प्राप्त भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ घाटखेत बस्ने राम प्रसाद जैशीको ११ वर्षका छोरा बिराज जैशी र गोपाल जैशीको ६ वर्षका छोरा अभिषेक जैशीको शव प्राप्त भएको अछामका प्रहरी प्रमुख डिएसपी रबिराज थपलियाले बताउनुभयो ।

सोमबार दिउँसो करिब ३ बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरू मङ्गलवार फेला परेका प्रहरीले जनाएको छ । बिराज बेपत्ता भएकै ठाउँमा र अभिषेक बेपत्ता भएको ठाउँबाट करिब २ किलोमिटर तल फेला परेका हुन् ।

६ वर्षीय अभिषेकलाई बचाउने क्रममा दुवै बालक डुबेका मृतकका आफन्त पदम बहादुर माझीले बताउनुभयो । अभिषेकलाई बचाउने क्रममा बिराजलाई समातेका कारण दुवै डुब्न गएका उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button