तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्ता साझेदार पाँच दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा स्थानीय निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धन आबद्ध दलहरूबिच यसअघि भएको सहमतिलाई अन्तिम रूप दिने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button