तपाईँ सुन्दै हुनुहुन्छः

 गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने: नेता कोइराला

File Photo

चितवन । नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताउनुभएको छ । 

आज पत्रकारसँग कुराकानी गर्दै उहाँले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताउनुभयो । अहिले संवाद चलिरहेको उहाँको भनाइ थियो ।

आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै उहाँले निर्णय नआएसम्म केही भन्न नसकिने बताउनुभयो । पार्टीका पूर्वमहामन्त्री समेत रहनु भएका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उहाँले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button