लोसपाका निर्वाचित वडाध्यक्ष साह एमालेमा प्रवेश

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ का निर्वाचित वडाध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहलाई फूल माला तथा टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो । राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष साह पार्टी विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय रहेका थिए ।

साहको नाउँ लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पाँच जनाको नामसँगै उहाँको नाम पनि सिफारिस गरिएको छ । साह लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि रहनु भएको छ ।
तर जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट टिकट पाउने अवस्था नदेखेपछि जानकी राम साह नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । त्यसो त एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि शिवशङ्कर साह हिरा, उमेश चौधरी सहितका व्यक्तिको नाउँ सिफारिस गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ का वडाध्यक्ष भएका वेलामा साह निक्कै चर्चामा रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्