तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँटबारे सत्ता गठबन्धनबीच आज पनि छलफल हुँदै

काठमाडौँ । सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल  गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न दुई बजेदेखि गठबन्धन दलका शीर्ष नेतासहित बैठक बस्ने स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको सोमबारको बैठक सो विषयमा घनिभूत रुपमा छलफल भए पनि अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन । सोमबारको बैठकमा विशेष गरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट बारेमा छलफल भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरी सोहीअनुसार तयारी गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button