आगलागीबाट दुई करोड बढीको क्षति

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका–४ मा आगलागीबाट दुई करोड बढीको क्षति भएको छ ।
मङ्गलबार चुलोमा रहेको पकाउने ग्यासबाट भएको आगलागीबाट स्थानीय पन्सो लामाले सञ्चालन गरेको इन्टेक होटल जलेर नष्ट हुदाँ दुई करोड ५७ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुुम्बुले जनाएको छ ।
आगलागीबाट ढुङ्गा, सिमेन्ट, काठबाट निर्मित चार कोठे घरका साथै घरभित्र भएको नगद एक लाख ५० हजार रुपियाँसमेत जलेर नष्ट भएकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जनाकारी दिनुभयो ।
भान्सासँगै रहेको स्टोर, बेकरी बनाउने मेसिनलगायतका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्