तपाईँ सुन्दै हुनुहुन्छः

९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ समूहका ७४० आरोहीले आरोहणको अनुमति लिएका छन् ।

file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो ।

हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button