हिमालयन फाउन्डेसनले निर्माण गरेको अस्थायी घर हस्तान्तरण
सिन्धुपाल्चोक । सामाजिक कार्यमा सक्रिय हिमालयन फाउन्डेसन कर्प न्यूयोर्क एन्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि निमार्ण गरिएको अस्थायी घर आइतबार हस्तान्तरण गरिएको छ ।

हिमालयन फाउन्डेसनले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिरहेको छ । निर्माण सम्पन्नमध्ये आज हेलम्बु गाउँपालिका ३ पाल्चोकका रामबहादुर भारतीलाई भवन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाली मूलका अमेरिकाको मेरिल्यान्ड राज्य विधायिका ह्यारी भण्डारी, फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।
गत कार्तिकमा हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठबिच घर निर्माण गरिदिने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । । प्रति घर चार लाख खर्च भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्