कारबाही बदरको माग गर्दै निलम्बित गभर्नर सर्वोच्चमा, रिट दर्तापूर्वको प्रक्रियामा

अर्जुन श्रेष्ठ। नेपाल राष्ट्र बैङ्कका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आफूमाथि गरिएको कारबाही बदर गर्न माग गर्दै सर्वोच्च अदालत जानु भएको छ ।
सरकारको आफूलाई निलम्बन गर्ने गरी गरेको निर्णय खारेज गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेशको मागसहित अधिकारी सर्वोच्च जानुभएको हो ।
निलम्बित गभर्नर अधिकारीका तर्फबाट रिट दर्ताका लागि आएको र सो रिट दर्ता पूर्वको प्रक्रियामा रहेको प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले गते चैत २४ गते अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो । त्यस निर्णयपछि अधिकारी निलम्बनमा पर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्