तपाईँ सुन्दै हुनुहुन्छः

‘परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध सशक्त प्रतिवाद गरौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरीत गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ ।

फाइल तस्बिर

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष प्रचण्डले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेक खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बिचमा स्थापित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button